News

चीनबाट ल्याइने नेपालीलाई खरिपाटीमा राख्ने निश्चित 

चीनबाट ल्याइने नेपालीलाई खरिपाटीमा राख्ने निश्चित 

काठमाडौं – चीनबाट ल्याइने नेपालीलाई खरिपाटीमा राख्ने निश्चि भएको छ। कोरोना भाइरसको महामारीबाट प्रभावित चीनबाट नेपाल ल्याइने विद्यार्थीलाई भक्तपुरको खरिपाटीमा राख्ने निश्चित भएको स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले जानकारी दिए।

चीनबाट नेपाल ल्याइने नेपालीलाई राख्नका लागि १ सय ९९ वटा ‘क्वारेन्टाइन’ कोठाहरु तयारी अवस्थामा राखिएको छ ।  चीनमा रहेका नेपालीलाई स्वदेश फर्काउनका लागि आवश्यक सबै तयारी पूरा भएको मन्त्री ढकालले बताए ।

मंगलबार संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिमा सांसदहरुको प्रश्नको जवाफ दिँदै मन्त्री ढकालले चाँडै चीनबाट नेपालीहरुलाई स्वदेश फर्काइने समेत जानकारी दिए । पहिलो चरणमा १ सय ८५ जनालाई स्वदेश ल्याइन लागिएको मन्त्री ढकालको भनाइ छ ।

यद्यपि, चीनमा रहेका नेपालीलाई स्वदेश ल्याउने मिति भने निश्चित भइनसकेको मन्त्री ढकालले बताए । मंगलबार नै अपराह्न बस्ने मन्त्रिपरिषदको बैठकले नेपालीलाई स्वदेश फिर्ता गर्ने मितिको टुंगो लगाउने उनको भनाइ छ ।

विशेष