वडाध्यक्षमाथि लाग्यो कुखुरा चोरेको आरोप
बेसीशहर– लमजुङको बेसीशहर नगरपालिका–९ का निर्वाचित वडाध्यक्ष सरद बरालविरुद्ध कुखुरा चोरीको आरोपमा उजुरी परेको छ ।
शेसीशहर नगरपालिका–६ चनौतीका कुखुरा पालक किसान सोमबहादुर राउतले वडाध्यक्ष बरालविरुद्ध जिल्ला प्रहरी कार्यालय लमजुङमा उजुरी दिएका हुन् ।
जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार वडाध्यक्ष बरालले गत मंगलबार (माघ २१ गते) आफ्नो फर्मको ढोका फोडेर कुखुरा चोरी गरी लगेको भन्दै राउतले उजुरी दिएका छन् । वडाध्यक्ष बरालले आफ्नो फर्मबाट ५ सय जति कुखुरा चोरी गरेर लगेको राउतको आरोप छ ।
तर, वडाध्यक्ष बरालले भने चोरी गरेको नभइ किसान राउतकै अगाडिबाट कुखुरा उठाएर लगेको बताएका छन् । तर यता वडाध्यक्ष बरालसँग सम्पर्क गर्दा उनले आफ्नो ऋण नतिरेपछि राउतको फर्मबाट कुखुरा उठाएको बताए ।