ज्यान तथा लेनदेन मुद्दाका फरार दुई अपराधी पक्राउ
काठमाडाैँ – सवारी ज्यान तथा लेनदेन मुद्दामा अदालतबाट कैद सजाय पाएर फरार रहेका दुईलाई सिरहा प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीचौकी सन्हैठाबाट खटिएको प्रहरी टोलीले लेनदेन मुद्दामा जिल्ला अदालत सिरहाबाट २० दिनको कैद सजाय पाएर फरार सिरहा नगरपालिका १९ सन्हैठा निवासी चन्देश्वर सदायलाई पक्राउ गरेको छ ।
यस्तै सवारी ज्यान मुद्दामा जिल्ला अदालत सिरहाबाट २२ दिन कैद तथा रु दुई हजार जरिवानाको सजाय पाएर फरार अर्नमा गाउँपालिका–२ निवासी ५० वर्षीय हरिनारायण कामतीलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ परेका दुवैलाई आवश्यक कारवाहीका लागि जिल्ला अदालत बुझाइएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।