News

मुना हत्या प्रकरणले उठाएको प्रश्नः किन असन्तुलित बन्दैछ मालिक र कामदारबीचको सम्बन्ध?

मुना  हत्या प्रकरणले उठाएको प्रश्नः किन असन्तुलित बन्दैछ मालिक र कामदारबीचको सम्बन्ध?

काठमाडौंः सोमबार ललितपुरको सानेपामा पूर्वसचिव अर्जुनकुमार कार्कीकी श्रीमती मुना कार्कीको हत्या भएको छ । सिसी टिभी फुटेजका आधारमा हत्यामा उनकै निवासका कामदार दाङ स्थायी घर भएका विजय चौधरीको संम्लग्नता देखिएको छ ।

विजय ६ बर्षदेखि सोही घरमा काम गर्दै थिए । तर, सोमबार किन एक्कासि मालिक्नीको हत्या गरेर आत्महत्या गरे त्यसको पछाडि प्रहरीले लागेको छ । अनुसन्धानमा खटिएका डिएसपी सन्तोष तामाङले विजय चौधरी र मुना कार्कीबीच सुमधुर सम्बन्ध रहे पनि सोमबार के कारणले हत्या गर्यो भनेर खोजीमा लागेको बताए । मुनाको हत्यापछि विजय आफैले आत्महत्या गरेसँगै के कारणले मुनाको हत्या भएको हो त्यसको अनुसन्धानमा प्रहरी जुटेको छ ।

२०७५ भदौ ४ गते फ्रान्सका लागि नेपालका पूर्व राजदूत केशव झाको हत्यामा उनकै घरमा कामदार सानुकान्छा तामाङको संम्लग्नता देखियो । २०७४ साउन १२ गते काठमाडौं जिल्ला बुढानिलकण्ठ नपामा छोरीको घरमा आएकी ५५ बर्षिया पार्वती ढकालको हत्या समेत एक साता उनीहरुको घरमा घरेलु कामदारको रुपमा रहेका सुदामा लामिछानेले गरेका थिए । घरमा रहेको सुन र पैसा लिन लामिछानेले पार्वती ढकाललाई हम्बरले टाउकोमा हानेर हत्या भएको थियो ।

पूर्व राजदूत झा, पूर्वसचिव कार्कीको पत्नी मुना र पार्वती ढकाल मात्रै हैनन् पछिल्लो समय विशिष्ट व्यक्तिहरू र उनीहरुकै घरमा काम गर्ने कामदारबीचको सम्बन्धमा सन्तुलन बिग्रन थालेको उदाहरण सार्वजनिक भएका छन् ।

महानगरीय अपराध महाशाखा टेकूका प्रमुख एसएसपी सहकुल थापाले घरेलु कामदारसँगको विवाद पछिल्लो समय बढ्दोक्रममा रहेको बताउँछन् । ‘भनेको जति पैसा नपाएर, धेरै गाली र अनावश्यक प्रेसर दिएर र यौन सम्बन्धको कारणले समेत कामदार र मालिकबीच विवाद हुने कारणले अपराधका घटनाहरू बाहिर आउने गरेका छन्’ एसएसपी थापा अनुभव सुनाउँछन्  ।

अब घरेलु कामदार र मालिकबीच हुने हिंसा तथा अपराधको फरक ढंङ्गबाट प्रहरीले अनुसन्धान कार्यलाई अघि बढाउने योजना अपराध महाशाखाले अघि बढाएको छ । केही घटना बाहिर देखिए पनि धेरै घटना बाहिर आउन समेत नसकेको हुनसक्ने अनुमान प्रहरीको छ ।
बरिष्ठ मनोरोग विशेषज्ञ डा।सुनयना यादवले कामदार र मालिकसँग हुने विवाद दुबैको व्यक्तित्वको आधारमा निर्भर रहने बताए ।

उनले कामदार कस्तो खालको हो सानातिना कुरामा झगडा गर्ने शंन्कने खालमा भएमा उसले छिट्टै निर्णय दिने भएकाले घटना हुने बताए । मालिकले समेत समयमै तलब नदिने कामको बिषयमा तनाव दिने गरेमा त्यसले विवाद बढाउने स्पष्ट पारे । ‘समयमै तलब नदिने मालिक तथा मालिकको पैसा सुन देखेर लोभिने कामदारको कारणले समेत यस्ता दुर्घटना भएको हुन सक्छन्’ डा‍. यादवले भने ।

एक पक्षको मात्रै नभएर दुबै पक्षको बारेमा सुक्ष्म ढंङ्गबाट बुझेपछि मात्रै वास्तविकता थाहा पाउन सकिने डा. यादवको बुझाई छ । ‘दुबै पक्षले कति संयमित हुन सक्छन् भन्ने बिषयले उनीहरुलाई निर्भर गर्छ’ डा. यादवले स्पष्ट पारे । गोरखापत्र दैनिकबाट

मुना कार्की कामदार सम्बन्ध

विशेष