रोकिराखेको स्काभेटरमा आगजनी

संखुवासभा।चैनपुर नगरपालिका–२ मयुममा सडक निर्माणमा प्रयोग भइरहेको को.१च ६००० नम्बरको स्काभेटरमा अज्ञात समूहले आगजनी गरेका छन।
आगजनी गर्ने समूहको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी मीमबहादुर लामाले बताए । पुरानो व्यापारिक केन्द्र चैनपुर बजारदेखि पर्यटकीय स्थल नुनढाकी जाने सडकखण्डको १९ किलोमिटर काम अमर कन्ट्रक्सन कम्पनीले गरिरहेको छ ।
दिनभरि काम गरेर राखिएकै स्थानमा आगजनी भएको कन्स्ट्रक्सन कम्पनीका प्रतिनिधि थमन गुरुङले बताए ।गत मंगलबार राति पनि पाँचखपन नगरपालिका–५ खमारेमा बा.२क ३२९३ नम्बरको स्काभेटरमा अज्ञात समूहले आगजनी गरेको थियो ।
स्काभेटर आगजनी