भ्रष्टाचारीलाई मृत्युदण्ड दिने कानुन बनाउन नेकपा नेताहरुको माग
काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरुले भ्रष्टाचारीलाई मृत्युदण्ड दिने कानुन बनाउन नेकपा माग गरेका छन्।
केन्द्रीय कमिटी बैठकमा नेताहरु भ्रष्टाचारीलाई मृत्युदण्ड दिनुपर्ने कानुन बनाउन माग गरेका हुन्। त्यस्तै यति होल्डिङ्स प्रालिको जग्गा भाडा लगायतका विभिन्न अनियमितताको गम्भीर छानविनको माग समेत नेताहरुले गरेका छन्।
बैठकमा पेश भएका विभिन्न प्रतिवेदनमाथि समूहगत छलफलका क्रममा यस्ता धारणा आएका हुन् । शनिबार बसेको बैठकमा विभिन्न समूहका टोली नेताहरुले आ–आफ्नो समूहका निष्कर्ष रिपोर्टिङ गर्दै भ्रष्टाचारीलाई मृत्युदण्डको व्यवस्था गर्नुपर्ने मागसमेत उठेको जानकारी गराए ।