शरीरको कुन अंग फर्फराउँदा कस्तो फल मिल्छ, जान्नुहोस
शरीरका अंग फर्फराउनुले भविष्यमा हुने राम्रो र नराम्रो घटनाबारे संकेत गर्छ । वर्तमान समयमा यी कुरा विश्वास गर्न निकै कठिन हुने भए पनि यसलाई पुरै बेवास्ता गर्न सकिन्न । थाहा पाऔँ शरीरका विभिन्न भागमा हुने फर्फराहटले के संकेत गर्छ ?
धार्मिक मान्यता अनुसार मानिसका शरिरका यी अंग फर्फराउंदा यस्तो फल प्राप्त हुन्छ भनि उल्लेख गरिएको छ,शरीरका अंग फर्फराउनुले भविष्यमा हुने राम्रो र नराम्रो घटनाबारे संकेत गर्छ । वर्तमान समयमा यी कुरा विश्वास गर्न निकै कठिन हुने भए पनि यसलाई पुरै बेवास्ता गर्न सकिन्न जान्नुहोस कुन अंग फर्फराउँदा कस्तो फल प्राप्त हुन्छ।
ओठ
यदि माथिल्लो ओठ फरफराएमा मिठो भोजन र तल्लो ओठ फर्फराएमा प्रेमी प्रेमिकाबाट सुख प्राप्त हुने मान्यता रहेको छ।
खुट्टाको पैतला
दाहिने खुट्टाको पैताला फर्फराउनुलाई अशुभ मानिन्छ भने देब्रे खुट्टाको पैताला फर्फराउनुलाई शुभ मानिन्छ। त्यस्तै यदि दाहिने खुट्टाको पिडुला फर्फरायो भने अचानक धन लाभ हुने बिश्वास गरिन्छ।
गाला,कम्मर
दाहिने गाला र कम्मरको दाहिने भाग फर्फराउनु शुभ संकेत हो । यस्तो हुँदा धन लाभ हुन्छ । तर देब्रे भाग फर्फरायो भने अशुभ मानिन्छ । यदि दुवै गाला फर्फरायो भने धन प्राप्त समेत हुन सक्छ ।
आँखी भौँ बिचको भाग
दुवै आँखीभौंको बिचको भाग फर्फाराएमा सुख सुविधा प्राप्त हुने बिश्वास गरिन्छ।
आँखा
यदि दाहिने आँखा या आँखी भौ फर्फराएमा कुनै बिशेष ईच्छा पुरा हुन्छ । त्यस्तै देब्रे आँखा वा आँखी भौ फर्फराउँदा भने शुभ समाचार प्राप्त हुन्छ ।
मुख
मुख फर्फराएमा सन्तान सुखको समाचार प्राप्त हुने मान्यता रहेको छ।
अंग फर्फराउँनु