News

मंगलबार नगर्नुहोस् यी काम, हुनेछ हानी

मंगलबार नगर्नुहोस् यी काम, हुनेछ हानी

काठमाडौँ। मान्यता अनुसार मंगलवारको सम्बन्ध मंगल ग्रहसंग हुन्छ साथै मंगलवारलाई संकटमोचन हनुमानको दिन पनि मान्ने गरिन्छ। यति मात्र होइन मंगलवारलाई उर्जाको कारक पनि मान्ने गरिन्छ।  भनिन्छ, संकट र समस्याका कारण मनुष्यको उर्जामा कमि आउछ। जब हनुमानलाई खुसि बनाउन सकिन्छ जीवनमा आइपरेका हरेक समस्याबाट छुटकारा पाउन सकिन्छ। 

मंगलवारको दिन कुण्डलीमा हानी पुग्ने खालको कुनै पनि कार्यहरु गर्नु हुदैन जसले जीवनमा विभिन्न बाधा व्यवधानहरु देखा पर्न सक्छ। यदि मंगलवार भुलेर पनि कुनै गलत काम गरेको खण्डमा यसको परिणाम पनि नकारात्मक नै देखिन्छ।  

मंगलवार भुलेर पनि गर्नुहुदैन यस्ता कामहरु 

-मंगलवार कसैलाई धन दिने या लिने गर्नुहुदैन यसले जीवनमा आर्थिक संकट या हानी देखा पर्छ।   

-स्वभावैले मंगलवार संकटमोचन हनुमानको दिन हो त्यसैले यस दिन सात्विक रही माछा, मासु, मध्यपान आदिबाट टाढा रहन सकेको खण्डमा भगवानको कृपा रहिरहने छ।  

-मंगलवार दाह्री या कपाल काट्नुलाई पनि अशुभ मान्ने गरिन्छ।  यसले कुण्डलीमा मंगल ग्रह निम्त्याउछ।  

-यसका साथै मंगलवार नङ काट्नुलाई पनि अशुभ मान्ने गरिन्छ।  जसले गर्दा जीवनमा केहि नकारात्मक समस्याहरुको सामना गर्नुपर्ने हुन्छ।  

हनुमान मंगलबार

विशेष