श्रीमतीले कुटेर श्रीमानको मृत्यु

बागलुङ। बागलुङको तमानखोलामा घरायसी विवादपछि श्रीमान्–श्रीमतीबीच कुटाकुट हुँदा श्रीमानको मृत्यु भएको छ ।
मानखोला गाउँपालिका–१ बोङगादोभानका ६४ वर्षीय रविलाल बिकलाई श्रीमती ६० वर्षीय जमुनाले कुटेकी थिइन् । श्रीमतीले कुट्दा कुट्दै घरको भित्तामा टाउको ठोक्किएर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनापछि प्रहरीले मृतककी श्रीमतीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।
विवाद कुटाकुट मृत्यु