News खेल

गौतमबुद्ध क्रिकेट रंगशालाः धान्याचल महोत्सवबाट उठ्यो ५५ करोड

गौतमबुद्ध क्रिकेट रंगशालाः धान्याचल महोत्सवबाट उठ्यो ५५ करोड

चितवनः चितवनमा निर्माणधीन गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशालास्थल निर्माणमा सहयोगार्थ आयोजित धनधान्याचल महोत्सवबाट लक्ष्यभन्दा ५ करोड रुपैयाँ बढी सहयोग सङ्कलन भएको छ । धनधान्याचल मूल समारोह समितिका महासचिव दिनेस कुमार चुकेका महोत्सवमा दाताहरुले ५५ कराेड रुपैयाँ सहयोग गरेका छन्‌ । यस्तै, महोत्सवको खर्च पनि अनुमान गरिएभन्दा कम भएको चुकेले जानकारी दिए ।

माघ १९ देखि शुरू भएको महोत्सव १ दिन थप गरेर २७ गते सोमबार विशेष कार्यक्रमकाबीच समापन गरिएको छ । महायज्ञबाट रकम सङ्कलनको महाअभियान शुरू भएकाले आगामी दिनमा रकमको ओइरो लाग्ने समितिका संयोजक एवम्‌ सांसद विजय सुवेदीले विश्वास व्यक्त गरे। उनले धुर्मुस–सुन्तली फाउण्डेसनलाई पनि रङ्गशाला निर्माणको काममा तीव्रता दिन आग्रह गरे।

३० हजार दर्शक क्षमताको अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला धुर्मुस सुन्तली फाउण्डेसनको संयोजनमा निर्माण भइरहेको छ। २ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको रङ्गशालाको मैदान ४ अबको चार महिनाभित्र तयार हुने फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसले दाबी गरे।

गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला धान्याचल महोत्सव

विशेष