News

बाँकी रहेको स्मार्ट लाइसेन्स प्रिन्ट गर्न अझै ६ महिना लाग्ने

बाँकी रहेको स्मार्ट लाइसेन्स प्रिन्ट गर्न अझै ६ महिना लाग्ने

काठमाडौँ। प्रिन्ट गर्न बाँकी करिब सात लाख स्मार्ट लाइसेन्स आगामी छ महिनामा सकिने यातायात व्यवस्था विभागले जनाएको छ । तीनवटा पुराना र एउटा मास प्रिन्टरलाई तीन सिफ्टमा सञ्चालन गरी अहिले दैनिक करिब पाँच हजार लाइसेन्स प्रिन्ट भइरहेको विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिए ।

विभागले दुई हप्तादेखि बिहान, दिउँसो र साँझ गरी तीन सिफ्टमा प्रिन्ट मेसिन सञ्चालन गरेको छ । महानिर्देशक हमाल भन्छन, “मास प्रिन्टरबाट एक लाखभन्दा बढी प्रिन्ट भइसकेको छ, तीनवटा पुराना प्रिन्टरले दैनिक करिब एक हजार प्रिन्ट गर्छन्, यही गतिमा काम अघि बढे पाँच÷छ महिनामा सामान्य गतिमा आउँछौँं, प्रिन्ट गर्न बाँकी रहेको सबै लाइसेन्स सक्छौँ । ”

यातायात व्यवस्था विभागले मागअनुसार लाइसेन्स वितरण गर्न नसकेपछि २०७२ सालदेखि प्रिन्टको काम गर्न बाँकी रहँदै आएको थियो । सेवाग्राहीले डेढ वर्षसम्म लाइसेन्स कुर्नु परेको विभागले जनाएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा लक्ष्मण दर्नालले लेखेका छन। 

 

स्मार्ट लाइसेन्स

विशेष