प्राइम लाइफ इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सले संयुक्तरुपमा संचालनमा ल्यायो घुम्ती बिमा सेवा
काठमाडौ । प्राइम लाइफ इन्स्योरेन्स क.लि. र एभरेष्ट इन्स्योरेन्स क.लि.ले संयुक्तरुपमा घुम्ति बीमा सेवा संचालन गरेको छ।
बीमा समितिद्वारा जारी शाखारहित घुम्ति बीमा सेवा सम्बन्धि मार्गदर्शन–२०७६ मा व्यवस्था भए बमोजिम ग्राहकहरुलाई घरदैलोमा नै बीमा सेवा प्रदान गर्ने उदेश्यले उक्त घुम्ति बीमा सेवा आरम्भ गरेको कम्पनीले जनाएको छ ।
बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाँइले ठाकुरद्वारा वर्दियामा आयोजित सो घुम्ति बीमा सेवाको शुभारम्भ गरेका थिए । सो अवसरमा अध्यक्ष चापागाँइले बीमालाइ आम जनतामाझ सरलरुपमा जानकारी गराई बीमा सेवा उपलब्ध गराउन यसप्रकारका कार्यक्रमले सहयोग पुग्ने विश्वास ब्यक्त गरे।
उक्त कार्यक्रममा एभरेष्ट इन्स्योरेन्सका कार्यकारी अधिकृत कमल गौतमले स्वगत मन्तव्य तथा प्राइम लाइफ इन्स्योरेन्सका कार्यकारी अधिकृत मनोजकुमार भट्टराईले जीवन बीमाको महत्ववारे आफ्नो धारणा व्यक्त गरेका थिए ।