जनयुद्ध दिवसमा सार्वजनिक बिदा

कालीकोटः जिल्लाको पलाँता गाउँपालिकाले फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । २५ औं जनयुद्ध दिवसको अवसरमा गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
१० वर्षे जनयुद्धमा विभिन्न कारणले ज्यान गुमाएका शहिदहरुको सम्झनामा फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर बम ‘पलाँताकान्छा’ले जानकारी दिए ।