News

मोटरसाईकल दुर्घटना घाइते चालकको मृत्यु

मोटरसाईकल दुर्घटना घाइते चालकको मृत्यु

मोरङ। मोरङको बूढीगंगा गाउँपालिका ५ मा बिजुलीको पोलमा मोटरसाइकल ठोक्‍किँदा घाइते भएका चालकको मंगलबार बिहान मृत्यु भएको छ । 

अन्नपूर्ण सिमेन्ट फ्याक्ट्री अगाडिको भित्री सडकमा भएको दुर्घटनामा सुनसरीको दुहवी नगरपालिका ८ का २७ वर्षीय दीपेश चौधरीको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताए ।

को २७ प ८३६७ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई सोमबार राती बिजुलीको पोलमा ठोक्‍किएको थियो ।  दुर्घटनामा परेर टाउकोमा चोट लागेपछि गम्भीर घाइते भएका मोटरसाइकल चालक चौधरीको आज बिहान ४ :४५ बजे उपचारका क्रममा विराट नर्सिङ होममा मृत्यु भएको जानकारी राईले दिए ।

घटनाबारे थप अनुसन्धान भईरहेको छ। 

मोटरसाइकल दुर्घटना

विशेष