रोहिङ्ग्या शरणार्थी बोकेको डुंगा दुर्घटना, १४ जनाको मृत्यु
एजेन्सी - बंगलादेशको दक्षिण तटमा रोहिङ्ग्या शरणार्थी बोकेको डुंगा दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । मंगलबार रोहिङ्ग्या शरणार्थी बोकेर बंगलादेशबाट मलेसिया जाँदै गरेको डुंगा सेन्ट मार्टन टापु नजिकै बे अफ बंगालमा दुर्घटना भएको हो ।
मृतक सबै महिला तथा बालबालिका रहेका बिबिसीले उल्लेख गरेको छ । ७० जनालाई उद्दार गरिसकेको भए पनि अझै थुप्रै बेपत्ता छन् ।
डुंगामा करिब १ सय ३० जना सवार थिए । रोहिङ्ग्या शरणार्थी मुसलमानको बहुल रहेको राष्ट्र मलेसिया जाने गरेका छन् ।