News राजनीति

एमसीसी अध्ययन गर्न गठित विशेष कार्यदलद्वारा म्याद थपको माग

एमसीसी अध्ययन गर्न गठित विशेष कार्यदलद्वारा म्याद थपको माग

काठमाडौं  - अमेरिकन मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे अध्ययन गर्न गठित विशेष कार्यदलले अध्ययनका लागि म्याद थपको माग गरेको छ ।

मंगलबार सिंहदरबारमा बसेको कार्यदलको बैठकले म्याद थपका लागि पार्टीलाई अनुरोध गर्ने निर्णय गरेको हो ।  

समितिलाई दिइएको १० दिनको म्याद बुधबार सकिँदैछ । यस अवधिमा आवश्यक सुझाव प्रतिवेदन तयार पार्न नसकेपछि म्याद थपका लागि पार्टीलाई आग्रह गर्ने निर्णय कार्यदलको बैठकले गरेको हो ।

एमसीसी सम्झौताबारे मत विभाजित भइरहेका बेला सत्तारुढ नेकपाले यसबारे अध्ययन गरेर सुझाव प्रतिवेदन बुझाउन झलनाथ खनालको संयोजकत्वमा नेताहरु भीम रावल र प्रदीप ज्ञवाली सदस्य रहेको तीन सदस्यीय कार्यदल गठन गरेको थियो ।

विशेष