दिल्ली कंग्रेस इन्चार्जले किन दिए राजीनामा ?

दिल्ली कंग्रेस इन्चार्जले किन दिए राजीनामा ?

काठमाडौं - विधानसभामा निर्वाचनमा आफ्नो पार्टीले खाता खोल्न नसकेपछि भारतीय नेसनल कंग्रेसका दिल्ली इन्चार्ज पिसी चक्कोले पदबाट राजीनामा दिएका छन् ।

१५ वर्षसम्म लगातार दिल्लीमा सरकार चलाएको कंग्रेसले दुई वटा विधानसभा चुनावमा एक सिट पनि जित्न नसकेपछि बुधबार चक्कोले पदबाट राजीनामा दिएका हुन । गत शनिबार सम्पन्न निर्वाचनमा ७० सदस्यीय विधानसभामा आम आदमी पार्टीले ६२ र भारतीय जनता पार्टीले ८ स्थानमा जितेको थियो ।

१९९८ देखि २००८ सम्मको निर्वाचनमा लगातार एकल बहुमत ल्याएको कंग्रेस २०१३ मा ८ सिटमा खुम्चिएको थियो । २०१५ र २०२० को चुनावमा शून्य सिटमा झरेको कंग्रेसको लोकप्रिय मत पनि घटेको छ ।

अघिल्लो निर्वाचनमा ९.७ प्रतिशत मत पाएकोमा यसपटक ४.२ प्रतिशत भोट आयो । २०१३ मा २४.५५ प्रतिशत मतदाताले कंग्रेस रोजेका थिए । १९९८ र २००३ मा ४८/४८ प्रतिशत र २००८ मा ४० प्रतिशत दिल्लीबासीको उसलाई समर्थन थियो । १९५१ मा भएको पहिलो विधानसभा चुनावमा कंग्रेसले ३९ स्थानमा जित्दा ५२ प्रतिशत लोकप्रिय मत पाएको थियो ।

संम्बधित खबर

विशेष