कोरोनाका कारण विश्वभरमा ४ करोड मानिसको ज्यान जान सक्ने आँकलन
काठमाडौं – कोरोना भाइरसको रोकथाम विधि असफल भएमा विश्वभरका साढे चार करोड मानिसको मृत्यु हुने दाबी गरिएको छ।
कोरोनाको मृत्युदर घटेर १ प्रतिशतमा झर्दा पनि यति ठूलो माननवीय क्षति हुने हुने हङकङको पब्लिक हेल्थ मेडिसिनका प्रोफेर गेब्रियल लेउको आँकलन छ।
विश्वव्यापी जनसङ्ख्या अहिले करिब ७ अर्ब भन्दा माथि छ। यसको मतलब कोरोनाको संक्रमण नरोकिने हो भने एक प्रतिशतको मृत्युदरले पनि साढे ४ करोड मानिसको मृत्यु हुन्छ ।
यद्यपि, चीनमा प्रत्येक दिन रिपोर्ट गरिएका नयाँ घटनाहरूको संख्या विगतको भन्दा घट्दो छ । तर रोकथामको उपाय प्रभावकारी नहुँदा अझै मानिसहरु मर्न सक्ने खतरा भने टरेको छैन्।