News

चीनमा रहेका १८० विद्यार्थीलाई फागुन ३ मा नेपाल ल्याउने

चीनमा रहेका १८० विद्यार्थीलाई फागुन ३ मा नेपाल ल्याउने

काठमाडौँ। कोरोना भाइरसको प्रकोप फैलिएको चीनको बुहानमा रहेका १८० जना नेपालीलाई सरकारले नेपाल ल्याउने भएको छ । फागुन ३ गते उनीहरूलाई नेपाल ल्याउने तयारी गरिएको हो । नेपाल ल्याउन लागिएकामध्ये अधिकांश विद्यार्थी छन् ।

मन्त्रिपरिषद्को मङ्गलबार बसेको बैठकले सरकारले चीनमा रहेका नेपालीलाई फागुन ३ गते ल्याउने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले चीनमा रहेका नेपालीलाई फागुन ३ गते नेपाल ल्याउने जानकारी दिए।

मन्त्रालयका सहायक प्रवक्ता सागर दाहालले चीनबाट नेपाल ल्याइने नेपालीलाई १४ दिनसम्म क्वारेन्टाइनमा राखिने जानकारी दिनुभयो । उहाँले १४ दिनसम्म क्वारेन्टाइनमा राख्दा कोरोना भाइरसको लक्षण नदेखिएमा मात्र घर जान दिने बताए ।

चीन विद्यार्थी स्वदेश

विशेष