शुक्रबारसम्म वर्षा र हिमपातको सम्भावना छैन: मौसम पूर्वानुमान महाशाखा

काठमाडौँ। जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली सक्रिय नरहे पनि देशका पहाडी भू-भागमा आंशिक बदली रहने जनाएको छ ।
महाशाखाले शुक्रबारसम्मको मौसमको पूर्वानुमान सार्वजनिक गर्दै हिमपात तथा वर्षाको सम्भावना नरहेको जनाएको हो । आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने जनाएको छ ।
त्यस्तै बुधबार राति पनि देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने जनाएको छ। महाशाखाले भोलि विहीबार र पर्सी शुक्रबार पनि मुलुकका पहाडी भू-भागमा आंशिक बदली हुने पूर्वानुमान गरेको छ ।
मौसम पूर्वानुमान महाशाखा