पोखरीमा डुबाएर १५ महिने नाबालिकाको हत्या

सिरहा। सिरहाको बरियारपट्टीमा १५ महिने नाबालिकाको पोखरीमा डुबाएर हत्या गरेको पाइएको छ ।
बरियारपट्टी गाउँपालिका–३ बरियारपट्टीका देवेन्द्र यादवको १५ महिने छोरी आशिकी मंगलबार अपरान्ह घर अगाडिबाटै वेपत्ता भएकी थिइन् । खोजतलास गर्ने क्रममा आशिकीको शव प्लाष्टिकको बोरामा पोखरीमा डुबेको अवस्थामा भेटिएको थियो ।
आशिकीको शव एउटा बोरामा भेटिएको थियो भने सँगै अर्को बोरामा इँटा राखेर त्यसमाथि राखेको अवस्थामा फेला परेको हो । नाबालिकाको पोखरीमा डुबाएर हत्या भएको घटनाबारे जानकारी पाएलगत्तै सिरहाका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदी नेतृत्वको प्रहरी टोली घटनास्थल पुगेको थियो ।
हत्या पोखरी नाबालिका