News

सिन्धुपाल्चोकमा भेटिए, कोरोना भाइरसको लक्षणसँग मिल्ने ८४ बढी बिरामी

सिन्धुपाल्चोकमा भेटिए, कोरोना भाइरसको लक्षणसँग मिल्ने ८४ बढी बिरामी

सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ मा रुघाखोकीका बिरामी बढ्न थालेपछि कोरोनाको आशंकामा स्थानीय त्रसित बनेका छन् ।

सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा ३ को गुम्बा गाउँमा रुघा खोकी र ज्वारोका कारण सय जना बिरामी परेका छन्। कोरोनाको लक्षणसँग मिल्ने रुघा, खोकी र अत्यधिक ज्वरो आउने ८४ जना बिरामी गाउँमा भेटिएका छन् ।

योसंगै बिरामी भएका व्यक्तिलाई अरुसँग सम्पर्कमा नआउन र छुट्टै बस्न स्वास्थ्यकर्मीले आग्रह गरेका छन् । गाउँपालिका अध्यक्ष श्रेष्ठले विषय विज्ञसँग नियमित संवादमा रहेकाले नआत्तिन अनुरोध गरेका छन ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर विकले रोग पहिचानका लागि विशेषज्ञ टोली पठाउन प्रदेश ३ सामाजिक विकास मन्त्रालय, प्रशासन र स्वास्थ्य कार्यालयमा अनुरोधसहित पत्र पठाइएको जानकारी दिए।  

रुघाखोकी

विशेष