News

पूर्वसचिव कार्की पत्नी हत्या: यस्तो छ पोस्टमार्टम रिपोर्ट

पूर्वसचिव कार्की पत्नी हत्या: यस्तो छ पोस्टमार्टम रिपोर्ट

काठमाडौँ। गत सोमबार ललितपुरको सानेपास्थित आफ्नै घरमा हत्या भएकी पूर्वसचिव अर्जुन कार्कीकी पत्नी मुना कार्कीको ‘पोस्टमार्टम रिपोर्ट’मा  पनि हत्या नै भएको देखिएको छ । घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले कार्कीको हत्या कामदारले नै गरेको दोहोर्याएका छन।  

पोस्टमार्टममा संलग्न पाटन अस्पतालका डाक्टरकाअनुसार मुना कार्कीको मृत्यु सांघातिक आक्रमणबाटै भएको देखिएको छ । शवको पोस्टमार्टमको रिपोर्ट तयार भइसकेको र मृत्युको कारण हत्या नै भएको देखिएको पोस्टमार्टममा संलग्न पाटन अस्पतालका चिकित्सक कश्यप श्रेष्ठले जानकारी दिए ।

मुनाको टाउकोमा चोट र घाँटीमा डोरीको डाम रहेकाले घरमा काम गर्ने विजय चौधरीले नै हत्या गरेकोमा शंका नरहेको ललितपुर महानगरीय प्रहरीले बताएको छ । 

कार्कीको घरमा काम गर्ने २२ वर्षीय युवक विजय चौधरीले मुनाको हत्या गरि पासो लगाइ आत्महत्या गरेका थिए

मुना कार्की हत्या पोस्टमार्टम रिपोर्ट

विशेष