News

बच्चालाई कसरी बनाउने स्मार्ट? यस्ता छन् उपाय

बच्चालाई कसरी बनाउने स्मार्ट? यस्ता छन् उपाय

काठमाडौंः यदि तपाईं बच्चाको आमा हुनुहुन्छ भने पक्कै पनि तपाईंको बिहान हतारोमै सकिन्छ । तर, तपाईंले रुटिन बनाएर बच्चासँगको बिहानीलाई रमाइलो र स्मरणीय बनाउन सक्नुहुन्छ । 

–बच्चाको दिनचर्या सेट गर्नुअघि तपाईंले पहिले आफ्नो दिनचर्या सेट गर्नुपर्ने हुन्छ । एक खुसी आमाले आफ्नो बिहानलाई सुखी बनाउन सक्छिन् । त्यसैले आमाले एउटा निश्चित रुटिन बनाएर त्यसलाई व्यावहारिक रूपमा नियमित लागू गर्नुपर्छ । 

–तपाईंको बच्चा झन्डै तीन वर्षको छ भने ऊ निकै जिज्ञासु हुन्छ । उसले आफ्नो औपचारिक शिक्षा सुरु गरिसकेको हुन्न र घरमा जे हुन्छ, त्यही सिक्छ । बच्चा जन्मिएपछि हामी अल्छी भयौँ भने बच्चासँगै यो बानी पनि बढ्छ । त्यसैले सकारात्मक सोच्नु जरुरी छ । तपाईंले ग्याजेटबाट टाढा भएर बच्चालाई मात्रै ध्यान दिनुस् ।

–हाम्रो बिहानीले हाम्रो ध्यान मात्रै होइन, दिनलाई पनि आकार दिन्छ । आफ्नो बच्चालाई अँगालो हालेर दिनको सुरुवात गर्नुस् । सोध्नुस्, ऊ राम्रोसँग सुत्यो या सुतेन । उसले केही सपना देख्यो कि!

–आफ्नो बच्चाभन्दा अघि नै उठ्नुस् र चिया बनाउनुस् । अनि, बच्चालाई उठाउनुस् । बिहानै उठेर फ्रेस हुनु बच्चाका लागि जरुरी छ, उनीहरूसँग विश्व विजय गर्न सक्ने ऊर्जा हुन्छ । रुटिन बनाएर दिन सुरु गर्दा बच्चा र अभिभावक दुवैलाई राम्रो हुन्छ ।

–बच्चालाई उठाएपछि आफ्नो ओछ्याउन मिलाउन थाल्नुस् । तीन वर्षको बच्चाले पक्कै सम्पूर्ण रूपमा बेड मिलाउन सक्दैन, तर केही न केही सहयोग गर्न सक्छ । झुल हटाउनुस्, सिरक वा ब्ल्यांकेट पट्याउनुस्, तन्ना मिलाउनुस् । सफा बेडले तपाईंलाई सकारात्मक सुरुवात गराउँछ । 

–मुख धोएर ब्रस गरेपछि पानी पिउनुस् । गीत गाउनुस् वा प्रार्थना गर्नुस् । 

–यसपछि हल्का शारीरिक अभ्यास गर्नुस् । मन्त्र उच्चारण पनि गर्न सक्नुहुन्छ । ब्रेकफास्ट तयार गर्नुस् र टेबल सफा गर्नुस् । 

–कहिलेकाहीँ बिहानै आफ्नो बच्चालाई कथा सुनाउनुस् । प्रेरक कथाहरूले बच्चाको मस्तिष्कमा सकारात्मक ऊर्जा थप्छ । समय मिल्नासाथ पुस्तक पढ्नुस् । 

–तपाईंको बच्चाले आफ्नो ड्रेस आफैँ मिलाउन सक्छ, यदि तपाईंले सानो सहयोग गर्नुभयो भने ।  यसपछि केही समय घाम ताप्ने, बाहिर घुम्ने वा उफ्रने गर्दा पनि छुट्टै ऊर्जा मिल्छ । 

–हामीले यस्तो रुटिन बनायौँ भने बच्चाले पनि स्मार्ट बन्न सिक्छ । स्कुल जान थालेपछि सायद उसको बाहिर घुम्ने क्रम रोकिन्छ । तर, यो रुटिन हामी सधैँ फलो गर्छौं र आफू सकारात्मक रहन्छौँ । 

–माइन्डफुल मर्निङबारे सिक्न र सकारात्मक कुराको प्रशंसा गर्न मैले लामो समय अभ्यास गरेँ । अभिभावक भएकाले अब मेरो बच्चाले आफ्नो जीवनको सुरुवातदेखि नै यस्तो सिकोस् भन्ने चाहन्छु । पक्कै, तपाईंको चाहना पनि यस्तै छ । पहिले निश्चित नियम बनाएर आफू फलो गर्नुस् । बच्चाले त्यही सिक्नेछ, जे तपाईं गर्नुहुन्छ । याे सामग्री नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।

बच्चा स्मार्ट

विशेष