News

जनयुद्ध दिवसमा सरिक हुँदै 'प्रधानमन्त्री'

जनयुद्ध दिवसमा सरिक हुँदै 'प्रधानमन्त्री'

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली ‘जनयुद्ध दिवस’का अवसरमा आयोजित कार्यक्रममा सहभागी हुने भएका छन्।

बिहीबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा जनआन्दोलन तथा जनयुद्धका सहिदहरूको स्मृतिमा उक्त कार्यक्रम आयोजना गर्न लागिएको हो। तत्कालीन माओवादीले ‘जनयुद्ध’ थालनी भएको दिन भन्दै फागुन १ लाई जनयुद्ध दिवसका रूपमा मनाउँदै आएको थियो।

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकीककरण भएपछि फागुन १ लाई जनआन्दोलन र जनयुद्धमा सहिद भएकाहरूको स्मृतिका रूपमा लिन थालिएको हो। गत वर्ष पार्टी महासचिव विष्णु पौडेलद्वारा जारी पत्रमा दुवै अध्यक्ष उपस्थित हुने भनिए पनि ओली भने सहभागी भएनन्।

पार्टी केन्द्रीय कार्यालयले प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री एवं अध्यक्ष पुष्पकमल दाहालको उपस्थितिमा बिहीबार बिहान सो कार्यक्रम आयोजना गर्ने जनाएको छ। यो समाचार आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन।  

 

#प्रधानमन्त्री #जनयुद्ध दिवस

विशेष