काठमाडौँ महानगरभित्र रात्रिकालीन सार्वजनिक यातायात सञ्चालन हुने
काठमाडौँ । काठमाडौँ महानगरपालिका क्षेत्र भित्र अब रात्रीकालिन सार्वजनिक यातायात सञ्चालन हुने भएको छ । सहरी यातायात सेवालाई थप प्रभावकारी बनाउन र नेपाल भ्रमण वर्ष २०२० का अवसरमा नेपाल घुम्न आएका विदेशी पाहुनालाई समेत थप सहज बनाउन काठमाडौँ महानगरपालिका क्षेत्र भित्र रात्रीकालिन सार्वजनिक यातायात सञ्चालन गरिने भएको हो ।
काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको अगुवाईमा विभिन्न सरोकारवाला निकायसँग भएको छलफलले यस्तो निष्कर्ष निकालेको हो । विगतमा २०६९ साल भदौ १ गतेदेखि काठमाडौँ महानगरपालिकाको केही आर्थिक अनुदानमा रात्रीकालिन सार्वजनिक यातायात सञ्चालनमा आए पनि करीब १८ महिना सञ्चालनमा आएपछि महासंघले सेवा बन्द गरेको थियो ।
अहिले स्थानीय तहमा जनप्रतिनिधि आएपछि रात्रीकालिन सेवालाई थप सहज बनाउँदै दीर्घकालिन रुपमा सार्वजनिक यातायात सञ्चालन गर्ने विषयमा सरोकारवालासँग छलफल भएको मेयर शाक्यले जानकारी दिए।
मेयर शाक्यले सकेसम्म चैत्र १ गतेबाट नभए नयाँ वर्षको सुरुवातसँगै पहिलो चरणमा बेलुका ८ बजेदेखि ११ बजेसम्म सेवा सुरु गर्ने गरी कार्यदल नै गठन गरेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे । ‘ यो समाचार राजधानी दैनिकमा प्रकाशित छ।
काठमाडौं रात्रीकालिन यातायात