News

भगवान श्रीकृष्णले प्रेम राधासँग तर विवाह रुक्मिणीसँग किन गरे ?

भगवान श्रीकृष्णले प्रेम राधासँग तर विवाह रुक्मिणीसँग किन गरे ?

काठमाडौं । भगवान विष्णु बेला बेलामा पृथ्वीमा विभिन्न रुपमा अवतार लिएर जन्मने गर्दथे । भगवान विष्णुले यसरी जन्म लिँदा उनकी पत्नी लक्ष्मीले पनि विष्णुसँग पृथ्वीमा जन्म लिएर सहयोग गर्ने गर्थिन । त्रेता युगमा विष्णुले रामको अवतार लिँदा देवी लक्ष्मीले सीताको रुपमा जन्म लिएकी थिइन् । द्वापर युगमा भगवान विष्णुले कृष्णको रुप लिएर जन्म लिँदा लक्ष्मीले रुक्मिणीको रुपमा जन्म लिएकी थिइन् ।

द्वापर युगमा लक्ष्मीले विदर्भ देशका राजा भिष्मको कुलमा जन्म लिएकी थिइन् । उनको जन्म भएको केही महिनामै पुतना नामकी राक्षसनीले रुक्मिणीलाई मार्न खोज्छे । पुतना त्यही राक्षसनी थिइ, जसले कंशको आदेशमा भगवान कृष्णलाई आफ्नो विषालु दूध चुसाएर मार्न खोजेकी थिइ । तर कृष्णले नै पुतनालाई मारिदिए ।

त्यही पुतनाले एक दिन रुक्मिणीलाई पनि दूध चुसाउन खोज्छे । राजा भिष्मकको दरबारमा रुक्मिणीलाई दूध चुसाउन खोज्दा रुक्मिणीले भने पुतनाको स्तनपान गर्नै मान्दिनन् । त्यही बेला केही सुसारेहरु आइपुग्छन् । मान्छेहरु आएको देखेर पुतनाले रुक्मिणीलाई लिएर आकाशमा उड्छे । राक्षसनी पुतना पछ्याउँदै बिदर्भ राज्यका सेनाहरु धेरै परसम्म पुग्छन् । तर पुतना आकाशमा धेरै माथि पुग्छे । जहाँ पछ्याउन सैनिकहरुलाई सम्भव हुँदैन ।

पुतनाको बन्धनबाट छुटकारा पाउन रुक्मिणीले आकाशमा आफ्नो वजन बढाउन थाल्छिन् । रुक्मिणले यति धेरै वजन बढाइदिन्छन कि पुतनालाई उनको भार थाम्न सम्भव हुँदैन । उसले रुक्मिणीलाई आकाशमै छाडिदिन्छे । रुक्मिणी आकाशबाट झरेर मथुराको एक गाउँमा भएको जलाशयमा कमलको फूलमाथि झर्छिन् ।

त्यो समय पर्साना भन्ने गाउँका मानिस वृषवाहन आफ्नी पत्नी कृतिका साथ सोही जलाशय हुँदै कतै गइरहेका हुन्छन् । त्यही बेला उनीहरुले कमलको फूलमा खेलिरहेकी बालिका रुक्मिणी देख्छन् । निःसन्तान वृषवाहनले उनलाई लिएर जान्छन् । र छोरी बनाएर पाल्न थाल्छन् । र नाम राखिदिन्छन् राधा ।

राधाजी जब ठूली हुन्छिन् तब उनको भेट हुन्छ गोकुलमा भगवान कृष्णसँग भेट हुन्छ । उनीहरुबीच अटुट प्रेम बस्छ । तर एक दिन भगवान कृष्ण बेहोसीमा गोकुल र राधालाई छाडेर द्वारिका जान्छन् । ठिक त्यही बेला बिदर्भ देशका राजालाई रुक्मिणी नै राधा भएको थाहा हुन्छ । उनी मथुरा आएर राधालाई लिएर आफ्नो दरबार फर्किन्छन् ।

जब कृष्ण राधासँग विवाह गर्ने भनेर द्वारिकाबाट गोकुल पुग्छन् त्यहाँ उनले राधालाई देख्दैनन् । बिदर्भ देश भनेको कृष्णको दुश्मन देश थियो । त्यही भएर राजा भिष्मकले कृष्णसँग रुक्मिणीको विवाह चाहेका थिएनन् । जसका कारण भगवान कृष्णले भगाएर रुक्मिणीसँग विवाह गरेका थिए । किनभने उनी नै राधा हुन् भन्ने कृष्णले थाहा पाइसकेका थिए ।

पुराणहरुमा जबसम्म कृष्ण र राधाको प्रशंग आउँछ तबसम्म रुक्मिणीको कुनै प्रशंग नै आउँदैन । तर जब रुक्मिणीसँग कृष्णले विवाह गर्छन्, त्यसपछि राधाको प्रशंग नै आउँदैन । यसो हुनुको कारण राधा र रुक्मिणी एकै भएर हो ।

श्रीकृष्ण बिवाह प्रेम

विशेष