यस्तो छ महाशाखाले जारी गरेको आगामी ३ दिनको मौसम पूर्वानुमान
काठमाडौँ। जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली विकसित नभएको जनाएको छ ।महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिक बदली रहे पनि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।
यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान
फागुन ०२ गते (शुक्रबार)
दिउँसोः देशको पर्वी पहाडी भू-भागमा आंशिक बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहने छ।
रातीः देशको पर्वी पहाडी भू-भागमा आंशिक बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहने छ।
फागुन ०३ गते (शनिबार)
दिउँसोः देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहने छ।
रातीः देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहने छ।
फागुन ०३ गते (आइबार)
दिउँसोः देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहने छ।
रातीः देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहने छ।
#मौसम पूर्वानुमान