News

असारसम्ममा मेलम्चीको पानी काठमाडौँ आइपुइग्ने

असारसम्ममा मेलम्चीको पानी काठमाडौँ आइपुइग्ने

काठमाडौँ। सरकारले मेलम्चीको पानी आगामी असार मसान्तबाट वितरण गर्ने गरी तयारी थालेको छ । मेलम्ची खानेपानी आयोजनाले निर्माण पूरा हुनुभन्दा ६ महिनाअगावै वैकल्पिक व्यवस्था गरेर पानी ल्याउने तयारी गरेको हो ।

सरकारले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत आगामी असारभित्र मेलम्चीको पानी काठमाडौं ल्याउने घोषणा गरेको थियो । आयोजना निर्माण सुरु भएको २० वर्षपछि पनि काम पूरा नै नगरी सरकारले नीति तथा कार्यक्रमको प्रभाव देखाउन वैकल्पिक पाइपलाइन बनाएर पानी ल्याउने भएको हो । 

हालसम्म आयोजनाको ९५.१२ प्रतिशत भौतिक प्रगति भएको आयोजना प्रमुख तिरेशप्रसाद खत्रीले बताए । उनले भने, ‘असार मसान्तभित्र मेलम्चीको पानी जसरी पनि सुन्दरीजल प्रशोधन केन्द्रमा झार्ने र वितरण गर्ने तयारी छ ।’

असार मसान्तभित्रै पानी ल्याउने तयारी रहेको भन्दै मेलम्ची खानेपानी विकास समितिले जारी गरेको श्वेतपत्र खानेपानी मन्त्री बिना मगरले बिहीबार सार्वजनिक गरेकी थिइन्। यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाश धौलाकोटीले लेखेका छन।  

 

मेलम्ची काठमाडौं असार

विशेष