News

प्रधानमन्त्री ओलीले आज प्रतिनिधि सभामा सम्बोधन गर्ने

प्रधानमन्त्री ओलीले आज प्रतिनिधि सभामा सम्बोधन गर्ने

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधि सभामा सम्बोधन गर्ने भएका छन् ।

सचिवालयका अनुसारसरकारका दुईवर्षे उपलब्धिका बारेमा सदनलाई जानकारी दिन प्रधानमन्त्री ओलीले आज सम्बोधन गर्न लागेका हुन् ।  

प्रतिनिधि सभा सचिव गोपालनाथ योगीले आज दिउँसो २ बजेको बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने जानकारी दिए ।

ओली नेतृत्वको सरकार बनेको फागुन ३ गते दुई वर्ष पूरा हुने भए पनि शनिबार परेका कारण प्रधानमन्त्रीले आजै सम्बोधन गर्न लागेको योगीले जानाकारी दिए ।  

केपी शर्मा ओली सम्बोधन प्रतिनिधि सभा

विशेष