News

पूर्वप्रधानसेनापति क्षेत्रीमाथि छानविन हुँदै

पूर्वप्रधानसेनापति क्षेत्रीमाथि छानविन हुँदै

काठमाडौं: नेपाली सेनाका पूर्वप्रधानसेनापति राजेन्द्र क्षेत्रीमाथि छानविन हुने भएको छ । बिहीबार बसेको संघीय संसदको राज्यव्यवस्था समितिको बैठकमा पूर्वप्रधानसेनापति क्षेत्रीमाथि छानविन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पति शुद्धिकरण विभागलाई निर्देशन दिन राय पेश भएको छ ।

क्षेत्रीले पदको दुरुपयोग गरेर अकुत सम्पति कमाएको र भ्रष्टाचार गरेको भन्दै छानविनका लागि राज्यव्यवस्था समितिमा निवेदन परेको थियो । उनले पदको दुरुपयोग गरी कमाएको रकम राष्ट्रियकरण गरी कानुनी कारवाही गर्नु पर्ने, २०६० सालको तत्कालीन द्वन्द्वमा परेकाले पेन्सनबाहेक अन्य सेवा लिन नपाएको, आर्मी कल्याणकारी कोषबाट तलब भत्ता लिएको लगाएतको उजुरी परेको थियो।

उजुरीमाथि सुनुवाइ गर्दै संसदको एक उपसमितिले आफ्नो प्रतिवेदन रायसहित बुझाएको हो । उपसमितिमा सांसद रेखा शर्मा, नवराज सिलवाल र कांग्रेस सांसद दिलेन्द्र बडू सदस्य रहेका छन्। यसैगरी सेनाको मुख्यालय पुनःनिर्माणको क्रममा व्यापक भ्रष्टाचार भएको भन्दै राज्य व्यवस्था तथा सुशासन समितिमा उजुरी परेको छ ।

उजुरीमा उच्चस्तरीय छानबीन टोली गठन गरी दोषीलाई कारबाहि गर्न माग दाबी गरिएको छ। समितिमा प्राप्त उजुरीहरुबारे अध्ययन गरी सुझाव दिन गठित कार्यदलले के कस्ता अनियमितता भएको हो सोको छानविन गरी कानुनअनुसार कारबाही गर्नका लागि रक्षा मन्त्रालयलाई लेखी पठाउन सुझाव राज्य व्यवस्था समितिमा पेश गरेको छ । याे समाचार अन्नपूर्ण पाेस्ट दैनिकबाट लिइएकाे हाे ।

राजेन्द्र क्षेत्री नेपाली सेना अख्तियार दुरुपयोग अनुसन्धान आयोग

विशेष