धनुषा बम काण्डका मुख्य योजनाकार पक्राउ

धनुषा बम काण्डका मुख्य योजनाकार पक्राउ

जनकपुरधामः धनुषामा प्रहरी निरीक्षकसहित तीन जनाको मृत्यु हुने गरी भएको बम विस्फोटमा संलग्न थप एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपाका सप्तरी जिल्ला इन्चार्ज इन्दल साह धानुक रहेका छन् । धनुषा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीका अनुसार बम काण्डमा संलग्न आरोपमा उनलाई प्रहरीले सप्तरीबाट पक्राउ गरिएको हो । 

धानुक बम विस्फोट घटनाका मुख्य योजनाकारमध्ये एक रहेका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले बताए । धानुक यसअघि विप्लव नेकपाकै सिरहा जिल्ला इन्चार्ज रहेका थिए।

घटनामा संलग्न आरोपमा यसअघि नै प्रहरीले ५ जनालाई पक्राउ गरिकसेको छ । गत मंसिर २७ गते राति धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरमा बम विस्फोट गराइँदा महेन्द्रनगरस्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक अमिरकुमार दाहाल, स्थानीय औषधि व्यवसायी ४८ वर्षीय राजेश साह र उनका छोरा १६ वर्षीय आनन्द साहको ज्यान गएको थियो । 

धनुषा धनुषा बम काण्ड इन्दल साह धानुक

संम्बधित खबर

विशेष