News

आज शुक्रबार यसरी गर्नुहोस् माता लक्ष्मीको आराधना, मिल्नेछ नसोचेको लाभ

आज शुक्रबार यसरी गर्नुहोस् माता लक्ष्मीको आराधना, मिल्नेछ नसोचेको लाभ

काठमाडौं। हिन्दु सनातन धर्ममा शुक्रवारलाई लक्ष्मी र वैभव–विलासको दिन मान्ने गरिन्छ । आज माता लक्ष्मीलाई खुसी पार्नका लागि विभिन्न कामहरु पनि गरिन्छ ।यसै अवसरमा आज हामी माता लक्ष्मीलाई खुसी पार्न अपनाउनुपर्ने उपायहरुका बारेमा जानकारी गराउँदै छौं, जसले गर्दा तपाईको जीवनमा सधैं सुख शान्ति र समृद्धि प्राप्त हुनेछ ।

-भनिन्छ माता लक्ष्मी जुनसुकै समयमा पनि घरमा आउन सक्छिन । तथापि साँझको समयमा घरमा लक्ष्मीको प्रवेश हुने भएकाले साँझमा माताको नाममा दीप प्रज्वलन गर्नुलाई शुभ मानिन्छ ।

-शुक्र ग्रहले पीडित हुँदा शान्तिका लागि सेतो रंगको घोडा दान गर्नुपर्दछ । रंगीन वस्त्र, रेशमी कपडा, घिऊ, सुगन्ध, चिनी, खाद्य तेल, चन्दन, कपुरको दानले शुक्र ग्रहको विपरित दशामा सुधार बिश्वास गरिन्छ।

-शुक्रवार बिहानै शुद्ध मनले गाईलाई रोटी खुवाउँदा पनि लक्ष्मी प्रसन्न हुने मान्यता रहेको छ ।

-शुक्रवारको दिन सम्भवत घर सरसफाई गर्नुहुँदैन यसले घरमा लक्ष्मीको वास नहुने बिश्वास गरिन्छ ।

यसका अलावा अरु के गर्ने?

-घरमा तुलसी रोप्ने र नियमित पुजा गर्ने

-पानीमा चन्दन मिसाएर स्नान गर्ने 

-चाँदी या चन्दनको टुक्रालाई नदीमा बहाउने 

-सुगन्धित वस्तुहरुको प्रयोग गर्ने 

 

माता लक्ष्मी शुक्रबार

विशेष