News

आफैंलाई गोली हान्दा प्रहरी जवान गम्भीर घाइते

आफैंलाई गोली हान्दा प्रहरी जवान गम्भीर घाइते

सिन्धुलीः जिल्ला प्रहरी कार्यालय (जिप्रका) सिन्धुलीमा कार्यरत एक प्रहरी जवानले आफैँलाई गोली हानेका छन् ।

महोत्तरी घर भई जिप्रकामा कार्यरत प्रहरी जवान चन्द्रकिशोर रायले आज आफैँलाई पेटमा गोली हानी गम्भीर घाइते भएका प्रहरी उपरीक्षक रञ्जु सिग्देलले जानकारी दिए । 

उनले घाइते रायको सिन्धुली अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौं पठाइएको जानकारी दिए । 

‘रायको पेटमा गोली लागेको र यहाँ उपचार सम्भव नभएपछि एम्बुलेन्समार्फत थप उपचारको लागि काठमाडौं पठाएका छौँ’ प्रहरी उपरीक्षक सिग्देलल भने । गोली हान्नुको कारण खुल्न नसकेको र आवश्यक अनुसन्धान शुरु भएको प्रहरीले जनाएको छ । 

गोली जिल्ला प्रहरी कार्यालय सिन्धुली चन्द्रकिशोर राय

विशेष