मोटरसाइकल दुर्घटनामा २ को मृत्यु

सिन्धुली। सिन्धुलीमा मोटरसाईकल दुर्घटनामा परि २ जनाको मृत्यु भएको छ ।
शनिबार बिहान कमलामाई नगरपालिका वडा नम्बर ७ माझिटारमा प्रदेश २ -०२ -००१ प २५१० नम्बरको मोटरसाईकल दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक (एसपी) रञ्जु सिग्देलले जानकारी दिईन।
मृत्यु हुनेमा धनुषा छिरेश्वर नगपालिका ६ का मोटरसाईकल चालक सुनिलकुमार राय राजपुत र मोटरसाईकलमा पछाडि बसेका छिरेश्वरकै कृष्णकुमार गुप्ता रहेको एसपी सिग्देलले बताईन।
मोटरसाइकल दुर्घटना