News

राष्ट्रियसभा सा‌ंसद दुर्गाप्रसाद उपाध्यायको निधन

राष्ट्रियसभा सा‌ंसद दुर्गाप्रसाद उपाध्यायको निधन

काठमाडौंः राष्ट्रियसभाका सदस्य दुर्गाप्रसाद उपाध्यायको निधन भएको छ ।

राष्ट्रिय सभाका सांसद सुरेन्द्र पाण्डेका अनुसार नेपाली कांग्रेस रुपन्देहीका नेता एवं राष्ट्रियसभा सदस्य उपाध्यायको शुक्रबार बिहान निधन भएको हो । उनी क्यान्सरको बिरामी रहेको र आज बिहान भैरहवामा निधन भएको पाण्डेले बताए ।

२०३१ सालमा रुपन्देहीमा जन्मिएका उपाध्याय २०४२ सालदेखि राजनीतिमा सक्रिय रहदैँ आएका थिए । हाल उनी प्रत्योजित तथा आश्वासन समितिको सदस्यसमेत रहेका थिए ।

२०५४ सालमा गाविस उपाध्यक्षका जिम्मेवारी सम्हालेका उपाध्यायय सोही क्षेत्रवाट ३–३ पटक क्षेत्रीय सभापतिसमेत भएका थिए ।   

 राष्ट्रियसभा दुर्गाप्रसाद उपाध्याय

विशेष