News

कैलालीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

कैलालीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

धनगढीः कैलालीमा टिपरको ठक्करबाट एक जनाको ज्यान गएको छ । जिल्लाको गौरीगंगा नगरपालिका–६ वनभेडामा ना १ क ८८०३ नम्बरको टिपरको ठक्करबाट से ७ प ३९०७ नम्बरको मोटरसाइकलमा सवार घोडाघोडी नगरपालिका–४ रामशिखरझलाका २८ वर्षीय भुवन चन्दको ज्यान गएको हो । 

शुक्रवार बिहान गौरीगंगाको वनभेडा स्थित राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको टिपर र विपरीत दिशाबाट आइरहेको मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकल चालक चन्दको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्ष कुमार बस्नेतले बताए ।

दुर्घटनामा गम्भीर घाइते चन्दलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल ल्याइएकोमा बिहान ९ बजे मृत्यु भएको बस्नेतले जानकारी दिए । टिपर चालक दाङ गडुवा गाँउपालिका–७ का ३० वर्षीय विष्णु चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कैलाली टिपर दुर्घटना

विशेष