संसदमा प्रधानमन्त्री ओलीको सम्बोधन स्थगित

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले आज दुई बजे प्रतिनिधिसभामा सम्बोधन गर्ने निर्धारित कार्यक्रम स्थगित भएको छ ।
संघीय संसदका बहालवाला राष्ट्रिय सभाका सांसद दुर्गाप्रसाद उपाध्यायको निधन भएपछि सम्बोधन स्थगित भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
प्रधानमन्त्री ओलीको प्रतिनिधिसभामा सम्बोधन शनिबार बिहान ११ बजे गर्ने कार्यक्रम रहेको सल्लाहकार थापाले जानकारी दिए ।
केपी शर्मा ओली प्रतिनिधिसभा