News

धनगढी विमानस्थलमा ‘हेल्थ डेस्क’ स्थापना

धनगढी विमानस्थलमा ‘हेल्थ डेस्क’ स्थापना

धनगढीः कैलालीको धनगढी विमानस्थलमा ‘हेल्थ डेस्क’ स्थापना गरिएको छ । कोरोना भाइरसको सम्भावित जोखिमलाई लक्षित गरी आज बिमानस्थलमा ‘हेल्थ डेस्क’ स्थापना गरिएको सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले बिमानस्थलमा राखिएको ‘हेल्थ डेस्क’मा थर्मोस्क्यानर गनसहित तीन जना स्वास्थ्यक्रर्मी खटाइएको बताए । 

उनले काठमाडौंबाट धनगढी आउने सबै यात्रुको थर्मोस्क्यानर गन मार्फत चेकजाँचको ब्यवस्था मिलाइएको बताए । 

यसैबीच सेती प्रादेशिक अस्पतालको स्वास्थ्य कक्षमा भर्ना भएका एक युवकको स्वास्थ्य परिक्षणका लागि नमूना संकलन गरी काठमाडौं पठाइएको छ ।

ती युवकमा ज्वरो आउने, घाँटी दुख्ने जस्ता लक्षण देखिएपछि कोराना संक्रमणको आंशकामा स्वास्थ्य परिक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमूना पठाइएको अस्पतालले जनाएको छ ।

कैलाली धनगढी बिमानस्थल हेल्थ डेस्क

विशेष