मन्त्रीलाई कालोमोसो दल्न पुगेका राजपाका युवा नेता गिरफ्तार
प्रदेश २ – प्रदेश नम्बर २ का सामाजिक विकासमन्त्री नवल किशोर साहलाई कालोमोसो दल्न पुगेका करिब एक दर्जन राजपा नेपाल समर्थित युवालाई प्रहरीले पक्राउ गरेको छ ।
जनकपुरधाम उपमहानगरपालिका–८ स्थित जानकी हेप्थ केयर एण्ड टिचिङ अस्पतालमा एक कार्यक्रममा सहभागि हुन पुगेका मन्त्री साहलाई उनकै कार्यकर्ताहरुले कालो झण्डा र कालोमोसो दल्ने कार्यक्रम गर्ने योजना प्रहरीले जानकारी पाएपछि उनीहरुलाई पक्राउ गरेको हो ।
राजपा धनुषाका जिल्ला अध्यक्ष र विद्यार्थीका समेत केन्द्रीय अध्यक्ष रहेका ज्ञानेन्द्र झा ज्ञानू र मन्त्री साहबीच शुक्रवार भएको सामान्य भना भन पछि अवस्था तनावग्रस्त बनेको थियो ।
सोही विषयलाई लिएर आज झा समर्थित युवाहरु मन्त्री साहको विरोध गर्न राम जानकी अस्पताल पुगेको हो । ज्ञानेन्द्र झाले मन्त्री साहले आफूलाई औकातमा ल्याइदिने भन्दै दुव्र्यवहार गरेको आरोप लगाउँदै मन्त्री साहलाई कालोमोसो दल्ने उद्घोष नै गरेको थियो । पक्राउ गरिएका युवाहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको छ ।