News

होटलमा प्रहरीको छापा: २ दर्जन बढी अविवाहित जोडी पक्राउ

होटलमा प्रहरीको छापा: २ दर्जन बढी अविवाहित जोडी पक्राउ

एजेन्सी – मुस्लिम बहुल देश इन्डोनेशियाका केही हिस्सामा पुलिसले १४ फेब्रुअरीमा संसारभरीका विभिन्न देशका युवापुस्ताले ‘भ्यालेन्टाइन्स डे’ का दिन होटलमा छापा मारेका छन् जसमा दुई दर्जन बढी अविवाहित जोडीलाई पक्राउ गरिएको छ ।

संसारभरीका विभिन्न देशका युवापुस्ताले १४ फेब्रुअरीमा भ्यालेन्टाइन्स डे मनाए । तर, इन्डोनेशियामा भने प्रेम गरेका कारण पुलिस कारवाहीको सामना गर्नुपर्‍यो ।

डेली मेलको रिपोर्ट अनुसार इन्डोनेशियामा खुल्ला रुपमा प्रेम गर्न प्रतिबन्ध छ र यसलाई देशको संस्कृति र नैतिकताविरुद्ध मानिन्छ । इन्डोनेशियाको मकस्सर र डेपोकमा आधिकारीले मानिसहरुलाई सार्वजनिक रुपमा प्रेम व्यक्त नगर्न चेतावनी पनि दिएको थियो ।

मकस्सरमा पुलिसले होटलमा छापामारी गर्दै कोठामा भएका अविवाहित जोडीलाई पक्राउ गरे । यीमध्ये एक जर्मनी व्यक्ति पनि समावेश थिए । ‘हामीले एक जर्मनी नागरिकलाई उनकी इन्डोनेशियाली पार्टनरसँग मोटलमा भेट्यौं । उनीहरु श्रीमान् श्रीमती थिएनन् त्यसकारण पक्राउ गर्‍यौं,’ स्थानीय सार्वजनिक आदेश कार्यालयका प्रमुख इमान हुडले बताए ।

पछि पुलिसले पक्राउ गरिएका जोडीलाई ‘विवाह अघिको यौनसम्पर्कले निम्त्याउने हानी’ बारे लेक्चर दिएर छोडिदिएको बताइएको छ । तर पक्राउ परेका पाँच यौनकर्मीलाई पुनर्स्थापना केन्द्र पठाइने निर्णय गरिएको छ ।

विशेष