News

सरकारको २ बर्ष: मुलुक समृद्धितर्फ बाटोतर्फ अग्रसर

सरकारको २ बर्ष: मुलुक समृद्धितर्फ बाटोतर्फ अग्रसर

काठमाडौँ। संविधान कार्यान्वयन एवं विकास र समृद्धिको राष्ट्रिय आकाङ्क्षासाथ केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएको दुई वर्ष पूरा भएको छ । सरकार आरम्भ वर्षका रूपमा सुशासन र विकासलाई तीव्रता दिँदै समृद्धिमा अग्रसर भएको छ ।

संविधानले निर्दिष्ट गरेका कानुन निर्माण, राष्ट्रिय गौरवका आयोजनाको थालनीसहित सरकारले पहिलो वर्षलाई विकास र समृद्धिको आधार वर्षका रूपमा अगाडि बढाएको थियो । ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षासहित दोस्रो वर्षमा पूर्वाधार निर्माणमा तीव्रता, अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार, भ्रष्टाचार नियन्त्रणमा सफलता, शान्तिसुरक्षामा सुधार जस्ता महत्वपुर्ण उपलब्धि हात पारेको निष्कर्ष सरकारको छ ।

जलविद्युत्, सिँचाइ, सुरुङमार्ग, रेलमार्ग, जलमार्ग, अन्तर्राष्ट्रिय विमानस्थल, अन्तरदेशीय विद्युत् प्रसारण लाइन, पाइप लाइन, सडकमार्ग, सूचना र प्रविधिको क्षेत्रमा देशभर फोरजी र ब्रोडब्यान्ड सेवा विस्तार, मौलिक हकको कार्यान्वयनलगायत पूर्वाधार विकासमा गौरवपूर्ण योजनाको थालनी भएको छ । प्रधानमन्त्री ओलीको शब्दमा भन्ने हो भने “मूर्छित सपनाहरू बौरिएका छन् । नेपाल सुरुङमार्गको युगमा प्रवेश गरेको छ । ”

प्रधानमन्त्री ओलीले दुई वर्षको सरकारको अनुभवले मुलुकबाट गरिबी, अशिक्षा, निरक्षरता, पछौटेपन, रोग, भोक हटाउन सक्छौँ भन्ने स्पष्ट विश्वास देखाएको बताउनुभएको छ । उहाँले भन्नुभएको छ, “हामी विकासको बाटोमा छौँ । समृद्धि हासिल गर्ने बाटोमा छौँ । हामी सुशासन कायम गर्ने बाटोमा छौँ । भ्रष्टाचार रोक्ने, नियन्त्रण गर्ने र अन्त्य गर्ने बाटोमा छौँ । ”यो समाचार आजको गोरखापत्र दैनिकमा दीपक श्रेष्ठले लेखेका छन। 

सरकार २ वर्ष

विशेष