'नेपालले नयाँ नक्सामा प्रकाशित गर्न जरुरी छ'
काठमाडौं – सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले लिपुलेक सदियौँदेखि नेपाली भू–भाग भएकोकोले यसमा भारतले हस्तक्षेप गर्न नहुने बताएका छन् ।
नेकपाको क्षेत्रीय कमिटीद्वारा आज सिन्धुपाल्चोकको खाडीचौरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले हालै सो क्षेत्र भारतले आफ्नो नक्शामा समावेश गरेकोप्रति आपत्ति जनाए ।
“सरकारले कालापानी, लिम्पीयाधुरा र लिपुलेक समेटेर यथाशीघ्र नक्शा प्रकाशित गर्न जरुरी रहेको छ,” नेता खनालले भने ।सरकारले समाजवादउन्मुख काम गरेको , सबै दल संविधानभित्र आउनुपर्ने र नआउने दल पछि पर्ने पूर्वप्रधानमन्त्री खनालले उल्लेख गरे । हालै सम्पन्न दोस्रो केन्द्रीय समितिको बैठकबाट पार्टी एकता थप बलियो भएको सन्देश गएको उनले जनाए ।