बेनी–जोमसोम सडकखण्ड दैनिक १० घण्टा बन्द हुने
म्याग्दी। जिल्लाको उत्तरी क्षेत्र हुँदै मुस्ताङ जोड्ने बेनी–जोमसोम सडकखण्ड विस्तारका लागि दैनिक १० घण्टा बन्द गरिने भएको छ।
नियमित सडक सञ्चालन गर्दा सडक विस्तारमा समस्या भएपछि शुक्रबार जिल्ला प्रशासन कार्यालय म्याग्दीमा बसेको यातायात व्यवस्थापन समितिको बैठकले सडक स्तरोन्नतिका लागि रघुगंगा गाउँपालिकाको घुमाउने तालदेखि बेगखोलासम्म सवारीसाधन बन्द र काम गर्ने समय तालीका बनाएको हो।
म्याग्दी, मुस्ताङ, बागलुङ र पर्वत जिल्लाका सरोकारावालाको बैठकले आगामी फागुन १ंं० गतेदेखि दैनिक १० घण्टा सवारी आगमनलाई रोक्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी महेश सुबेदीले बताए। उनका अनुसार दैनिक बिहान ८ देखि १२ बजेसम्म तथा दिउँसो २ः३० देखि ६ः३० बजेसम्म सवारीसाधन सञ्चालन रोकेर सडक बिस्तारको काम गरिनेछ।
उक्त समयमा ठूला सवारीसाधनलाई म्याग्दी खण्डमा वैकल्पिक सडकको सम्भावना नभएपनि साना सवारीसाधनलाई घुमाउने ताल–पिप्ले–रानीपौँवा– माझखर्कको बैकल्पिक बाटो प्रयोग गर्ने गरी मर्मतमा समेत सम्बन्धित निर्माण ब्यवसायीलाई अनुरोध गरिएको छ।
बेनी–जोमसोम सडक