कस्तो छ आजको मौसम ?

काठमाडौँ। मौसम पूर्वानुमान महाशाखाले आजको मौसमको अवस्थाबारे पूर्वानुमान जारी गरेको छ । महाशाखाले पूर्वानुमानमा हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नभएको उल्लेख गरेको छ ।
हाल देशका पूर्वी, मध्य र केही पश्चिमी पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ ।
शनिवार दिउँसो भने देशका पूर्वी, मध्य र केही पश्चिमी पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ।
महाशाखाका अनुसार राति देशको पूर्वी, मध्य र केही पश्चिमी पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहने छ।
मौसम पूर्वानुमान महाशाखा