News

रावणको बधपछि, उनकी श्रीमती मंदोदरीको के भयो ? ,

रावणको बधपछि, उनकी श्रीमती मंदोदरीको के भयो ? ,

रामायणको कहानीको कहानीको बारेमा त हामी सबै जानकार नै छौं। असत्यमाथि सत्यको विजय भएको रामायणको यस कहानीले आजसम्म पनि हामीलाई एउटा असल मानव बन्ने प्रेरणा दिन्छ। भगवान रामले रावणको बध गरि उनलाई उनको पापको सजाय दिएको कुरा त हामीले टेलिभिजनको पर्दामा हेरेका छौं र कथाहरु पनि सुनेका छौं। तर के तपाईलाई थाहा छ रावणको बधपछि उनकी श्रीमती मंदोदारीको के हालत भयो ? रावणको मृत्युपछि उनले के गरिन, आउनुहोस  

मन्दोदरी हमेशा रावणलाई गलत काम गर्नबाट रोक्थिन। यहासम्म कि जब रावणले माता सीतालाई हरण गरि लंका ल्याएका थिए तब मन्दोदरीले उनलाई अयोध्या फर्काउन आदेश दिईन। तर रावणले कसैको कुरा सुनेन अन्त्यमा उनले आफ्नो पापको सजाय पाएरै छोडे। 

रावणको बधपश्चात मन्दोदरी युद्धभूमिमा पुगिन। त्यहाँ आफ्नो पति र छोराको शव देखेर उनि रुन, कराउन र अनेक तरहका शोक गर्न लागिन । यस स्थितिमा श्रीरामले मन्दोदरीलाई भने 'तिमी अझै पनि बलवान रावणकी बिधवा र लंकाकी महारानी हौँ'। 

मन्दोदरी रणभूमिबाट फर्किएर लंका त् फर्किन्छिन तर उनलाई उक्त घटना बिर्सिन त्यति सजिलो हुँदैन। उनले आफुलाई महलभित्रै कैद गरेर राख्छिन र बाहिरी दुनियाको सम्पर्कबाट दुर रहन्छिन। यस क्रममा बिभिषण लंकाको राजपाट सम्हाल्न आइपुग्छन। 

बर्षौंपछि जब मन्दोदरी आफुलाई सम्हालेर बाहिर निस्किन्छिन तब उनलाई राजनीतिज्ञले बिभिषणसँग विवाह गर्न सल्लाह दिन्छन, जसले उनि बिवाह गर्न राजी हुन्छिन र बिभिषणसँग विवाह गर्छिन। यसपश्चात दुई दम्पती साम्राज्यलाई अगाडी बढाउनपट्टि लाग्छन। यो कहानी धेरैलाई सायदै थाहा छैन किनकि रावणको मृत्यु पछि मन्दोदरीको अध्याय पनि समाप्त गरिन्छ। 

 

#रावण #मन्दोदरी

विशेष