पेरुमा गत जनवरीमा भएको ग्याँस ट्यांकर विस्फोटबाट मृत्यु हुनेको संख्या ३० पुग्यो
एजेन्सी। पेरुको लिमामा गत महिना भएको ग्याँस ट्यांकर विस्फोटबाट मृत्यु हुनेको संख्या ३० पुगेको छ। गत जनवरी २३ मा करिब १० हजार लिटर एलपिजी ग्याँस बोकेको ट्यांकर विस्फोट हूँदा भएको थियो।
सुरुमा २ जनाको मात्र मृत्यु भएको उक्त दुर्घटनामा ५० जना घाइते भएका थिए, तर अधिकांश व्यक्तिका शरीर जलेका कारण मृत्यु हुनेको संख्या बढेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
तिब्र गतिमा दौडेको ट्यांकर सडकका खाल्डाखुल्डीमा परेर ग्याँस चुहिएको अनुसन्धानकर्ताहरुले बताएका छन् । विस्फोटबाट भिल्ला एल साल्भाडोर जिल्लाका सडक किनाराका धेरैवटा घर र सवारी साधनमा क्षति पुगेको थियो।
सरकारी वकीलहरुले ट्यांकर चालक ७४ वर्षीय लुइस गुजमानमाथि कारबाही चलाउन मुद्दा दर्ता गरिसकेका छन्।