News

शुक्रबारको तुलनामा आज ४ डिग्रीले बढ्यो काठमाडौँको तापक्रम

शुक्रबारको तुलनामा आज ४ डिग्रीले बढ्यो काठमाडौँको तापक्रम

काठमाडौँ। शुक्रबारको तुलनामा काठमाडौँको तापक्रम ४ डिग्री सेल्सियसले बढेको छ। शुक्रबार न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस मापन गरिएको काठमाण्डाैको आज बिहानको तापक्रम १० डिग्री सेल्सियस पुगेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार काठमाण्डाैको आज दिउँसोको तापक्रम २० देखि २२ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ। हिजो राति बादल लागेकाले बिहानको तापक्रम बढेको मौसमविद्काे भनाइ छ । सामान्यतया राति बादल लाग्दा बिहानको तापक्रम बढ्ने र राति आकाश खुल्ला भए बिहानको तापक्रम घट्ने गर्छ ।

आज शनिबार काठमाण्डाैसहित पहाडी क्षेत्रको मौसम बदली हुने सम्भावना रहेको तर पानी भने कतै पनि नपर्ने मौसमविद् विभूति जानकारी दिए। 

काठमाडौं गर्मि

विशेष