News

'गोतामे पत्रकारिता पुरस्कार’ पत्रकार केशब आचार्यलाई

'गोतामे पत्रकारिता पुरस्कार’ पत्रकार केशब आचार्यलाई

विरगंज। पत्रकार गोपालचन्द्र गौतम प्रतिष्ठानले स्थापना गरेको ‘गोतामे पत्रकारिता स्वर्ण पदक’ वरिष्ठ पत्रकार केशब आचार्यलाई प्रदान गरिएको छ । पत्रकार आचार्यलाई एक तोलाको स्वर्ण पदक र सम्मान पत्र प्रदान गरिएको हो ।

झापाका पत्रकार आचार्य करिब चारदशकको पत्रकारितासँगै साहित्य रचनामा समेत क्रियाशील व्यक्तित्वका रुपमा परिचित छन् । बीरगंजमा नेपाल पत्रकार महासङ्घ, पर्साको सभाहलमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले पत्रकार  आचार्यलाई पदक र सम्मान अर्पण गरेका थिए ।

कार्यक्रममा मानव अधिकारकर्मी बद्री खतिवडा, नेपाल पत्रकार महासङ्घ प्रदेश २ का अध्यक्ष दीपेन्द्र चौहानले स्व. गोपालचन्द्र गौतमका बारेमा चचा गरेका थिए ।  प्रतिष्ठानका अध्यक्ष जगदीशप्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष चन्द्रकिशोरले स्व. गौतमको जीवनीको बारेमा प्रकाश पारेका थिए ।

प्रतिष्ठानका सदस्य एवं नेपाल पत्रकार महासङ्घ, पर्साका अध्यक्ष श्याम बन्जारा, प्रतिष्ठानका सदस्य एवं नेपाल पत्रकार महासङ्घ प्रदेश २ का उपाध्यक्ष केसी लामिछाने,स्व.गौतमकी पत्नी सुधा गौतम, छोरा हिमाल गौतम, वीरगंज महानगरकी उपप्रमुख शान्ति  कार्की, मानव अधिकारकर्मी नन्दन अर्याल,समाजसेवी पशुपति विक्रम शाह, उषा शाह, नेपाल रेडक्रस सोसाइटी पर्साका उपसभापति मधु राणा, नेकपा पर्साका अध्यक्ष प्रभु हजरा, राजपाका सहमहासचिव निजामुद्दीन समानी, समाजवादी पार्टी जिल्ला सचिव तबरेज अहमद समारोहमा सरिक थिए ।

केशब आचार्य गोतामे पत्रकारिता पुरस्कार

विशेष