चीनमा कोरोना भाइरसः मृत्यु हुनेको संख्या १६ सय नाघ्यो, ६८ हजार बढी संक्रमित
काठमाडौंः चीनमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १६ सय पुगेको छ । चिनियाँ स्वास्थ्य आयोगका अधिकारीले आज बिहान सार्वजनिक गरेको नयाँ तथ्यांकअनुसार शनिबार मात्रै थप १ सय ४२ जनाको मृत्यु भएको छ ।
यो सँगै कोरोना भाइरसबाट ज्यान गुमानेको संख्या१६ सय ६५ पुगेको छ । त्यस्तै संक्रमितको संख्या ६८ हजार ५ सय नाघेको अधिकारीहरुले जनाएका छन् । चीनमा हिजो दुई हजार ९ जना नयाँ संक्रमित थपिएका छन् । त्यस्तै, फ्रान्समा पनि यस भाइरसको संक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
हुबेई प्रान्तबाट भ्रमणमा गएका एक चिनियाँ पर्यटकको फ्रान्समा मृत्यु भएको हो । कोरोना भाइरस विश्वका झण्डै २५ मुलुकमा फैलिइसकेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ । साथै (डब्लुएचओ) ले उक्त भाइरससँग लडिरहेको चीनलाई सहयोग गर्नसमेत सबैलाई आग्रह गरेको छ ।
कोरोना भाइरस चीन